जितको खुशीमा ज्यान गयो



साओ पाओलो, (एजेन्सी)
टामरा माइओचीको ब्राजिलको जितको खुशी मनाउने क्रममा दुर्घटनावश ज्यान गएको छ । सर्बियाविरुद्ध २–० को जित हात खुशी मनाएकी ३० वर्षीया ब्राजिलीयन खसेर शीशाले घाँटी काटिएपछि मृत्यु भयो । उनको हातमा वाइन पिइरहेको गिलास थियो ।

रिपोर्टले जनाएअनुसार साओ पाओलोस्थित इटाटीबामा टामरा आफनो घरमा साथीहरुसँग खेल हेरेकी थिइन् । उनी सोफामा बसेर खेल हेर्दा एक हाथमा मोबाइल समाइरहेकी थिइन् भने अर्को हातले क्रिस्टल गिलासमा वाइन पिइरहेकी थिइन् ।

ब्राजिल जित्दा अरुसँगै उनी पनि उठेर खुशी मनाइन् तर उनी संतुलित ब्रिगेर सोफाबाट खसिन । उनको हातबाट वाइन गिलास पनि भुइँमा खस्यो र उनको घाँटीमा शीसाको टुक्राले काटिएको थियो ।

साथीहरुले रगत बगिरहेको घाउलाई रुमालले रोक्न कोसिस गरे । तर आपतकालीन सेवा आउँदा सम्म उनको निधन भइसकेको थियो । उनले केही साता अगाडि मात्रै पनि गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्न जोखिम भएको भन्दै सोसल नेटवर्कमा पोस्ट गरेकी थिइन् ।

उनले लेखेकी थिइन—हामी कहिल्यै यस्तो हुन्छ भनेर कल्पना गर्दैनौ । तर दुर्घटना हुन्छ । धार्मिक विश्वास अनुसार केही हुनको लागि हरेक चीज हुन्छन भनेर म विश्वास गर्छु ।

प्रतिक्रिया दिनुहोस्