कोरियाली टिमलाई अण्डाले स्वागत



सोल, (एजेन्सी)
दक्षिण कोरियाले विश्व च्याम्पियन जर्मनीलाई हराएर विश्वकपबाट बाहिरिन बाध्य तुल्याउँदा संसारमै टोलीका समर्थक खुशी भए । यो नतिजाले कति पय फुटबल पण्डित भने आश्चर्यमा परेका छन् ।

यसको लागि कोरियाली टोलीको घरमा भव्य स्वागत हुने देखिएको थियो । तर यस्तो भएन उनीहरु घर फर्कदा समर्थकहरुले उनीहरुलाई अण्डाले हिर्काएर स्वागत गरेका थिए ।

शीन टाइ योंग र उनको टिम शुक्रबार इन्चोन विमानस्थलमा फोटोको लागि पोज दिँदा त न्यानो स्वागत भएको थियो । तर टिम प्रेसका लागि फोटो दिन लाग्दा केही समर्थकले तकिया र अण्डाले खेलाडीतिर हिर्काएका थिए । भाग्यवश कोही खेलाडीलाई पनि केही भएन ।

सन र उनका मेनेजर टाइ योंगले भीडलाई भने कि समूह चरणबाट बाहिरिएर छिटै घर फर्कनु निरासजनक भएको छ । शीनले भने—जुलाइसम्म म घर आउन चाहेको थिएन । जुनमा घर फर्कनु निरासजनक भएको छ ।

समर्थकहरुले हामीलाई समर्थन र माया दिएकोमा धन्यवाद दिन चाहन्छु । समर्थकविना हामीले चमत्कार गर्न सक्दैनौं । उनीहरुकै मायाले यो गरेका थियौ ।

प्रतिक्रिया दिनुहोस्