दोदा नदीमा कृत्रिम बाढी नमूना अभ्यास



हरकसिह धामी, कञ्चनपुर ।
कञ्चनपुरमा प्राकृतिक विपद्का बेलामा कसरी बाँच्ने र बचाउने भन्ने घटनाको अभ्यास शुक्लाफाँटा नगरपालिका १२ स्थित दोदा नदीमा कृत्रिम बाढी नमूना अभ्यास गरिएको छ ।

प्राकृतिक विपद्का बेलामा प्राकृतिक विपद्बाट कसरी बाँच्ने र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुले आयोजना गरेको नमूना अभ्यासमा बाढी आउन अगावै समुदायलाई सचेत पार्नका लागि कार्यक्रम आयोजना गरेको हो ।

बाढी आउन अगावै दिईने सुचना, बाढीमा फसेका बासिन्दाको उद्धार गर्ने तरिका, बाढीमा परेर घाईते भएकाहरुको प्राथमिक उपचार गर्ने तरिका, बृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका लाई उद्धार गर्ने बारे अभ्यास गरिएको थियो ।

एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बाढी बाट विस्थापनमा परेका बासिन्दालाई रातह वितरण गर्ने र व्यवस्थापनको कार्य लगायत नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरले मर्सिकोरको आर्थिक सहयोगमा सञ्चालन गरेकोे बताउनु भयो ।

रेडक्रसले २५ वटा समुदायमा आर्थोपार्जन र जैविक तटबन्ध निर्माण, विपद्मा उद्धार, बगरमा उखु खेती र घाँस रोप्ने लगायतका कार्यहरु समेत गरिएको रेडक्रसको कञ्चनपुर शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले बताउनु भयो ।

पूर्व सुचना, खोज तथा उद्धार, प्राथमिक उपचार लगायतका कार्यहरु अभ्यासका क्रममा प्रस्तुत गरिएका थिए । नमूना अभ्यास कार्यक्रममा रेडक्रसका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी , वडा अध्यक्ष, , खोज तथा उद्धार कार्यदलका सदस्य, स्थानिय समुदाय, र निड्स कञ्चनपुरका पदाधीकारी लगायतकोे सहभागीता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्