३ वर्ष पुरानो एक अनौठो परम्पराः भुत विवाह



परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशूभ मानिन्छ र त्यस्तो मरणलाई श्राम ठानिन्छ र मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि नगरिने भएको हुनाले चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।
सरकारले गैरसरकारी परम्परा घोषित गरेको भएतापनि चिनियाहरु यस परम्परालाई लुकिछिपि गर्ने गरेको पाइएको छ । भूत विवाह गर्दा मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ । जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिने गरिन्छ । मृतक पुरुषसंग विवाह गराउनका लागि महिलाको चिहानबाट लास निकाल्ने वा महिलाको मृत्यू गरेको केहि घटना बाहिर आएपछि सरकारले यसलाई गैरसरकारी घोषणा गरेको हो । सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो ।
अन्य ठाउमा पनि परम्पराको नाममा धेरै परम्परा मनाउदै आएतापनि सुन्दै अनौठो लाग्दो घोस्ट म्यारिज अर्थात् भुत विवाह चीनको ग्रामीण भाग विगत ३ वर्ष पुरानो परम्परा चल्दै आएको छ । यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गरिएको हुन्छ त्यसैले अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको छ ।

प्रतिक्रिया दिनुहोस्