दुवाललाई ‘फेदोल उत्कृष्ट सिर्जना पुरस्कार’



काठमाडौं । फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले २०७४ सालको ‘फेदोल उत्कृष्ट सिर्जना पुरस्कार’ वरिष्ठ साधक तथा जनमत साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

असार २२ गते काठमाडौंमा हुने उक्त सम्मान कार्यक्रममा दुवालसँगै ‘फिदेल नवप्रतिभा पुरस्कार’ नवप्रतिभा अधिश्री कसपाललाई प्रदान गरिने जनाइएको छ ।

दुवालका २०७४ सालमा मात्र गद्य आलेखमा भूगोलमा पाइलाहरु (नियात्रा सङ्ग्रह), अक्षर विम्बहरु (व्यक्तिवृत्त सङ्ग्रह), स्मृतिमा सर्जकहरु (दिवंगत स्रष्टाहरुको व्यक्तिवृत्त सङ्ग्रह) गरी तीनवटा कृति प्रकाशित भएका छन् भने हालसम्म २८ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्