असार १५ संस्कृति कि विकृति ?



हिजो असार १५। दही चिउरा खाने दिन । मानो रोपेर मुरी उब्जाउने दिन । चाडपर्व उत्सव पनि कति रमाइलो । हुनेखानेलाई मजैले असार १५ लागेको देखियो । नहुने कन्त बिजोग । अर्काको मेलामा भारपर्म गरेर जीविका चलाउनेलाई दही चिउरा मिल्यो कि मिलेन भन्ने प्रश्नले धरहरालाई झकझक्याएको छ ।

गाउँघरमा एकथरीलाई असारभरि नै दही चिउरा हुन्छ । अर्का थरीलाई दही चिउरा भनेको दशैं कुरेजस्तै हो । शहरमा पनि दही चिउराको कमी छैन । दिनभरिको भोक र थकाइ मेटाउँछ दही चिउराले । गाउँमा हही खानलाई गाईभैंसी पाल्नुप¥यो र मजाले धान रोप्नु प¥यो नत्र यो असारे हिलोमा कसले दिन्छ र दही चिउरा, पैसा भए पाइन्छ भन्न्े सोच्नु होला यो गाउँघरमा असम्भव नै छ ।

हिलो छ्यापेर रमाइलो गर्दै धान रोप्ने दिन हो असार १५। खले गरामा बीउको मुठो राखी वरिपरि धान रोपेर खेतका मालिकलाई हिलो खुवाउने परम्परा हिजोआज अर्काकी छोरीबुहारीलाई अँगालो मारेर होली खेलेझैं खेल्यो अनि फेसबुकमा ट्याक्क फोटो अपलोड ग¥यो, हल्का दही चिउरा खाएको फोटो पनि पोस्ट ग¥यो । बस सकियो असार १५, खाइयो दही चिउरा । यो छाडा संस्कृति कहिलेसम्म भन्ने पीर लागेको छ धरहरालाई ।

प्रतिक्रिया दिनुहोस्