‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’



‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ शुक्रबार मुलुकभर १५ अाैं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईंएको छ । मुलुकको अर्थतन्त्र तथा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउ“दै आएको छ । मुलुकको आर्थिक समृद्धिमा धानबालीको ठूलो योगदान रहेपनि वर्षेनी उत्पादकत्व घट्दो क्रममा रहेको छ भने धान र चामलको आयात बढीरहेको छ । सरकारले आफ्नो निती तथा कार्यक्रम, बजेट तथा चुनावअघिका घोषणापत्र बमोजिम कृषि क्षेत्रमा देखिने गरी कुन काम गर्नसकेको छैन । यसै सन्दर्भमा राष्ट्रिय धान दिवसको अवसर पारी विभिन्न जिल्लाबाट नेपाल समाचारपत्रकमर्मीले तयार पारिएको रिपोर्ट ।

इलामका स्थानीय तहले धान दिवस बिर्सिए
गणेश घिमिरे, इलाम
बिगतका बर्षहरुमा जिल्ला कृषि बिकास कार्यालयले इलाममा धान दिवस मनाउ“दै आएपनि यो बर्ष भने दिवस मनाएन । अघिल्ला आर्थिक वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयले कार्यक्रमका लागि बजेट छुट्याईने भएपनि अहिले सिधै स्थानीय तहमा नै बजेट बिनीयोजन भएपछि जिल्लास्तरमा राष्ट्रिय धान दिवस र रोपाईका कुनै कार्यक्रम भएनन् ।

चार नगरपालिकासहित दशवटा स्थानीय तहमा धानखेती हुने भएपनि चुलाचुली गाउँपालिकाबाहेक जिल्लाका अन्य कुनैपनि स्थानीय तहले धान दिवसलाई वास्ता गरेनन् । स्थानीय तहले नै दिवस मनाउनु पर्ने भएपनि चुलाचुली गाउ“पालिकाले मात्र मनाएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख रामसोगारथ शाहले बताउनुभयो । चुलाचुली गाउँपालिकाले भने साना कृषि सहकारी लिमीटेडस“गको सहकार्यमा रोपाई गरेर धान दिवस मनाएको छ । उक्त गाउ“पालिकामा धान दिवसको उद्घाटन गर्दै शाहले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुरयाउन दिवस मनाईएको बताउनुभयो । उहा“ले कृषिजन्य उत्पादन बढाउन यान्त्रिकरण, ब्यबसायिकरण र आधुनिकरणमा सरकारले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

कृषि कार्यालयको तथ्यांकअनुसार इलाममा १५ हजार ९ सय ९५ हेक्टरमा धानखेती हु“दै आएको छ भने असार १५ गतेसम्म १० प्रतिशत खेतमा रोपाइ भइसकेको छ । जिल्लाको माईनगरपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिका, इलामनगरपालिकाका बिभिन्न गाउँहरुमा धानखेती बढि मात्रामा हु“दै आएको छ ।

कृषिमा यान्त्रिकरणको अभ्यास गर्दै धान सुपरजोन
नेपाल समचारपत्र, झापा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन बनियानी झापाले ‘धान उत्पादन, बृद्धि राष्ट्रको समृद्धि’ नाराका साथ १५ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

झापाको दक्षिणी क्षेत्र कचनकवल ४ का स्थानिय सुकलाल गणेशको जमीनमा बिहीबार मेसिनको प्रयोगबाट धान रोपेर दिवस मनाएको हो । परियोजनाले मेसिनको प्रयोगबाट हिलोमा धानको दाना रोप्ने, धान गोड्ने, मल छर्ने जस्ता प्रविधिको प्रयोग समेत गरेको थियो । कृषिमा यान्त्रिकीकरण मार्फत उत्पादन बृद्धि गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपर जोनले प्रदेश सभा संसद बसन्त बानिया“लाई मेशिनबाट धान रोप्न लगाई दिवस मनाएको थियो ।

सुपर जोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षता तथा प्रदेश संसद बानिया“को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, धान बाली विज्ञ कैलाशकुमार भुडेल, सिंचाई डिभिजन प्रमुख ईश्वरीकुमार तिवारी लगायतले कृषिमा यान्त्रीकीकरण प्रयोगपश्चात् लागत घटेर उत्पादकत्व बृद्धि भए पनि बजारीकरणको समस्या हल गर्न राज्य जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।

हरित कृषक समूहको संयोजनमा सम्पन्न कार्यक्रममा सुपर जोनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले सुपर जोन स्थापनापछि धान उत्पादन बढे पनि उचित मूल्य सहितको बजारीकरण हुन नसक्दा कृषक मारमा परेको जानकारी दिनुभयो । तिमल्सेनाले राज्यको नेतृत्वमा रहने नीति निर्माताहरूले बोलीमा होइन व्यवहारमा कृषि विकासका लागि काम गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
धान दिवसको बारेमा स्थानीयलाइ भने जानकारी नभएको पाइएको छ । दिवसका विषयमा स्थानीयस“ग जानकारी लि“दा उनीहरुले थाहा नभएको प्रतिक्रिया दिएका थिए । त्यसैगरी, आग्र्यानिक जोनको अवधारणा लिएर अगाडि बढरिहेको भद्रपुर ८ नम्बर वडाले असार १५ को अवसर पारेर २ जना कृषकलाई सम्मान गरेको छ ।

पर्वतको फलेवासमा रोपाई महोत्सव धुमधामका साथ सम्पन्न
दुर्गाप्रसाद शर्मा, पर्वत
फलेवास नगरपालिकाको आयोजनामा लिमिठाना स्थित चर्दिखोलामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव आयोजना गरिएको छ । जिल्लाकै मुख्य खाद्यान्न बालीको रुपमा रहेको धान उत्पादनमा यात्रिकीकरण गर्ने र उत्पादन लागतमा कम गर्ने उद्धेश्यका साथ नगरपालिकाले महोत्सव आयोजना गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर पौडेल र फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले हलो जोतेर महोत्सवको उद्घाटन गर्नुभएको थियो । बाजागाजासहित शुरु भएको महोत्सवमा उक्त क्षेत्रका सयौ कृषकहरुको सहभागिता रहेको थियो ।

युवाहरु धन कमाउनका लागि पलायन भैरहेका बेला कृषि पेशावाटै आत्मनिर्भरताको बाटो खोज्न राज्यले कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनोहरबी पौडेलले बताउनुभयो । कृषि व्यवसायमा कम लागतमा धेरै उत्पादन गर्न सकिने खालका यन्त्र, उपकरण तथा प्रविधिहरुको विस्तार गर्नुपर्नेमा जोड दिँदै पौडेलले पर्वत जिल्ला कृषि क्षेत्रको हिसावले ठुलो सम्भावना रहेको उहा“को भनाई रहेको थियो ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकालाई कृषि मार्फत समृद्ध बनाउनका लागि नमुना कार्यक्रमहरु अघि सारिएको बताउनुभयो । अर्थतन्त्रको मुख्य आधारनै कृषि भएकाले नगरपालिकाले सम्भावना हेरेर खाद्यान्न, फलफुल र पुशपालनमा विशेष जोड दिएको बताए । उनले सवैजसो कार्यक्रमहरु कृषकलाई प्रोत्साहन गर्ने खालका भएकाले अब युवाहरु विदेशिनु नपर्ने उनको भनाई थियो ।

जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बढ्दो युवा पलायनलाई रोकेर कृषिबाटै आत्मनिर्भर बनाउन राज्यले स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पर्वतमा झण्डै २० प्रतिशत धान रोपाई सकिएको बताउँदै उनले पर्वतवाट शुरु भएको जमिन बा“झो नराख्ने अभियान मुलुकभरी शुरु भएको ले कृषकलाई कृषिबाटै आत्मनिर्भर हुने वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । जिल्लाको कुल धानखेती मध्ये २६ प्रतिशत खेतमा मकैखेती लगाइएको छ भने वाँकी खेतमा अहिले धमाधम रोपाई भैरहेको छ । पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये बाहै महिना सिंचाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ ।

एक नंम्बर प्रदेशमा ११ प्रतिशत रोपाईं
सरोज यादव, विराटनगर
मध्यअसार सम्ममा प्रदेशमा नंम्बर १ मा ११ प्रतिशत धान रोपाई भएको छ । असार १५ गतेसम्म प्रदेशभर ५१ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको क्षेत्रिय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

गत आर्थिक वर्ष पनि यस अवधिसम्ममा ११ प्रतिशत रोपाइ सम्पन्न भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम सप्तरीमा १ दशमलव ५ प्रतिशत मात्रै धान रोपाई भएको निर्देशनालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

उच्च पहाडी जिल्लामा १७ प्रतिशत, मध्य पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा लगभग ८ प्रतिशत धान रोपाई भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार धनकुटामा ८, तेह्रथुममा ३५, संखुवासभामा १५, भोजपुरमा ५०, झापामा ५, इलाममा १०, पा“चथरमा १९, ताप्लेजुङमा १७, सुनसरीमा २०, मोरङमा ५, सप्तरीमा १ दशमलव ५, सिरहामा ५, उदयपुरमा ८, खोटाङमा १५, ओखलढुंगा १५ र सोलुखुम्वुमा ३५ धान रोपाई भएको छ ।

महोत्सबका रुपमा धान दिवस
बिष्णु तिमिल्सिना, बर्दिया
बिगत १४ बर्ष देखि मनाउदै आईरहेको धान दिवस यस बर्ष पनि रोपाई महोत्सवको रुपमा बर्दिया जिल्लाका सबै स्थानीय तहमा मनाईएको छ । कृषि सम्बन्धी काम गर्ने संस्था, सहकारी, समुह तथा कृषकहरुले संयुक्त रुपमा आयोजना गरेर धान दिवसको कार्यक्रम मनाईएको हो ।
धान उत्पादनमा बृद्धि राष्ट्रिको समबृद्धि भन्ने नाराका साथ मनाईएको धान दिवस गुलरिया नगरपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर ३ सिरकोईयामा श्री गुरु चरण खाद्यान्न बाली कृषक समुहको प्रायोजनमा मनाईएको छ ।

गुलरिया नगरपालिकाका प्राय सबै वडाका कृषकहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त धान दिवस समारोहमा गुलरिया नगरपालिकाका प्रमुख मुक्तनाथ यादब, नेपाल कम्युष्टि पार्टी(नेकपा)का नेता हरी प्रसाद ज्ञवाली, नगरपालिका कृषि शाखा प्रमुख तारा शर्मा, र कृषक राजकुमार बर्माले मनतब्य राख्नु हुर्दै धानको उत्पादन बृद्धि गर्नमा उत्प्रेरणा दिने कुरा बताउनु भयो । साथै बिभिन्न समुहरुले कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए ।

बारबर्दिया नगरपालिका को वडा नम्बर २ नारायणपुरको जलजला कृषि सहकारीमा पनि धान दिवस मनाईएको छ । सो नगरपालिकाको कृषि शाखाको मुख्य आयोजनामा जलजला कृषि सहकारी संस्था, बुह्रान कृषि सहकारी संस्था, साना किसान सहकारी संस्था र थारु महिला उत्थान केन्द्रको सहआयोजनामा भएको हो । धान रोपाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर ५ का साँसद तिलकराम शर्माले प्रधानमन्त्री आधुनिकीकरण अनुदानको लागि पहल गर्ने बताउनु भएको छ । अबका कृषि प्रणालीलाई आधुनिकीकरण गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।

बारबर्दिया नगरपालिकामा सितभन्डारको आबश्यकता रहेको बताउदै कृषि भूमिलाई चक्लाबन्दी गर्नु पर्नेमा जोड दिनु भयो
ठाकुरबाबा नगरपालिकाको भुरिगाउ“ नजिककै पनि सामुहिक धान रोपाई कार्यक्रम गरिएको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, उपप्रमुख कृष्ण कुस्मालगाएत बिभिन्न संघ संस्था सहभागितामा र्याली सहित धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

दिपायलमा धान रोपाई हुन सकेन
विमल विष्ट, डोटी
शुक्रबार देशभर राष्ट्रिय धान दिवस मनाईरह“दा डोटीको दिपायलमा भने रोपाई तथा धान दिवसका कुनै कार्यक्रम भएनन् । पर्याप्त पानी नहु“दा यहा“का किसानले धानको बेर्ना राख्न सकेका छैनन् भने पिपल्ला लगायतका क्षेत्रमा गहु“ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् ।

डोटीको दिपायल क्षेत्र समथल तथा मैदानी क्षेत्र हो । आकाशे पानीको भरमा रोपाई हुने तथा सिचाई सुबिधा नहु“दा आफुहरुले धानको बेर्ना समेत राख्न नसकेको दिपायल पिपल्ला स्थित गैराका किसान टिका कामीले बताउनुभयो । उहा“ले भन्नु भयो –‘सबैले असार १५ धान दिबस भन्दै रोपाई गर्न थालेका छन्,सिचाई सुबिधा नहु“दा हामीले भने बिउ समेत राख्न पाएका छैनौ । के धान दिवस मनाउनु ।’

बिगत केही बर्ष सम्म सिचाई सुबिधा भएपनि गएको २०७१ सालमा आएको बाढीपहिरोले यहा“को सलेनीगाढको सिचाई कुलो बगाएपछि अहिले यहा“का किसान धानको बिउ राख्ने देखी लिएर रोपाई गर्न समेत आकासे पानीको भर पर्न थालेका छन् । निर्वाचनको समयमा बिभिन्न नेताहरुले सिचाई सुबिधा दिने बचन दिएपनि यहा“का किसानको मर्का अहिले सम्म कसैले पनि नबुझेको स्थानियबासीको आरोप छ ।

यहा“का किसानहरु धान रोपाई गर्नका लागि आकासको भरमा निर्भर भएका छन् । ‘जहिले पानी पर्छ अनि बेर्ना राख्छौ र धान रोप्छौ ।’–अर्का स्थानिय किसान रामबहादुर बिकले भन्नुभयो । ‘हाम्रो पिडा कसैले हेरेनन । भगवानले हेरे खान पाउछौ नत्र जमिन बाझै हुन्छ।’– बिकले भन्नुभयो ।

डोटीमा कुल १० हजार हेक्टरमा धान रोपाई गरिन्छ भने भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृर्षि बिकास कार्यालय डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । पुरानो क्षेत्रीय सदरमुकामका खेतको यस्तो हालत छभने अन्य पानी नलाग्ने अर्थात सिचाई सुबिधा नभएका यहाँका खेतको हालत के होला आर्फ अनुमान गर्न सकिन्छ ।

मन्त्री बने रोपाहार
नेपाल समाचारपत्र, काठमाडौं
पन्धौं राष्ट्रिय धान दिवसको अवसरमा मुलुकका विभिन्न स्थानमा रोपाई तथा महोत्सवका कार्यक्रमहरुको आयोजना गरिएको छ । त्यस्ता कार्यक्रममा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, बहालबाला गृहमन्त्री, रक्षामन्त्री, कृषिमन्त्रीलगायत अन्य राजनितीक दलका उच्च पदस्थ नेता र सरकारी कर्मचारीसमेत रोपाहारका रुपमा खेतमा देखिएका छन् ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा बाबुराम भट्टराईले रोपाई गरेको तस्वीरहरु सामाजिक सञ्जालमा राख्नुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुको तिलौराकोटमा आयोजना भएको रोपाई महोत्सबमा सरिक भएर धान रोप्नुभएको छ । कपिलवस्तुका राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किंवदन्ती छ । लुम्बिनी विकास कोषले आयोजना गरेको उक्त महोत्सबलाई हरेक वर्ष निरन्तरता दिईने जनाईएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल युवा संघ र वाईसियलको संयुक्तरुपमा बूढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा गएर धान रोप्नु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौंको बौद्धमा आयोजना भएको एक कार्यक्रममा गएर रोपाई गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्