साताभर ४० लाख कित्ता शेयर थपिंदा २१ अंकले घट्यो नेप्से



नेपाल समाचारपत्र, काठमाडौं
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा २१ दशमलव २७ अंकले घटेर १ हजार १ सय ९८ दशमलव ५४ अंकमा झरेको छ ।

कुल १ सय ८६ कम्पनीको १५ हजार ८ सय ४८ कारोबारबाट १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार ६ सय कित्ता शेयर खरिद बिक्री भएका छन् । गत साताभन्दा ७ दशमलव २५ प्रतिशतले घटेर १ अर्ब १२ करोड ३१ लाख १ हजार रुपैयाँबराबरको ४९ लाख ६१ हजार १ सय कित्ता शेयर किनबेच भएको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९५ अंकले घटेर २ सय ५२ दशमलव शून्य ९ अंकमा पुगेको छ । कारोबारमा भएका १ सय ८६ कम्पनीमध्ये सबैभन्दा बढी मेगा बैंक नेपाल लिमिटेडको ४ करोड १५ लाख ४० हजार रुपिया“ बराबरको शेयर किनबेच भएको छ । यसैगरी नेपाल इनभेष्टमेन्ट बैंकको ३ करोड १ लाख ७० हजार रुपिया“, स्टान्डर्ड चार्टर्ड बैंकको २ करोड ८१ लाख ३० हजार रुपैयाँ, नबिल बैंकको संस्थापकको २ करोड ६० लाख ६० लाख रुपैयाँ र एभरेष्ट बैंकको २ करोड ६० लाख ६० हजार रुपैयाँ शेयर कारोबार भएको छ ।

कारोबार शेयर संख्याको आधारमा पनि मेगा बैंक नेपाल नै अगाडि रहेको छ । साताभर बैंकको २ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार पा“चै दिन नै खुल्ला रह्यो । भने यस साता नेपाल स्टक एक्सचेञ्जमा नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर ६५ हजार ५ सय ३ कित्ता र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर ४० लाख १ हजार ६ सय ५० कित्ता गरी कुल ४० लाख ६७ हजार १ सय ५३ कित्ता शेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्