सिटिजन्स बैंक र नर्भिक हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्