पर्यटकका लागि नयाँ गन्तव्य



नेपाल भ्रमण गर्ने पर्यटकको संख्या कयौ गुणा बढाउने उद्धेश्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा ग¥या छ । २ वर्षपछि २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भि¥याउने लक्ष्यका साथ यस्तो कार्यक्रम घोषणा गरिएको हो ।

नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र साँस्कृतिक विविधता, सम्पदा क्षेत्र पर्यटकले नियाल्ने र भ्रमण गर्ने क्षेत्र हुन् । काठमाडौं उपत्यकाका चक्रपथ आसपासका सडकमा पर्यटक पु¥याइयो भने पर्यटकले फोटो र भिडियो खिचेनन् भने जो कोहीले धरहरासँग वहस गर्न आए हुन्छ ।

पर्यटकलाई बौद्ध घुमाउन लगियो भने उनीहरुको ध्यान चित्त सडक तर्फ हुन्छ । बौद्धको ऐतिहासिक र धार्मिक पक्ष उनीहरुले विर्सन बेर छैन । निकै दङ्ग मख्ख पर्दै उनीहरुको क्यामेरा चावहिल–जोरपाटी सडक खण्ड तर्फ कन्र्फम सोझिन्छ । आफ्नो मुलुकमा त्यस्ता सडक भए पो । त्यसैले भ्रमण वर्षलाई सफल बनाउन चावहिल–जोरपाटी जस्ता सडक खण्ड अहिले जुन हालतमा छन् त्यही हालतमा राखियो भने गज्जबले पर्यटकीय गतिविधी बढ्छ ।

प्रतिक्रिया दिनुहोस्