इजरायलद्वारा विमानस्थल लक्षित क्षेप्यास्त्र प्रहार



दमासकस । सिरियाको राजधानी दमासकसको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर मंगलबार इजरायलले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको छ । सिरियाली सरकारी सञ्चारमाध्यमले जनाइएअनुसार क्षेप्यास्त विमानस्थल नजिकै झरेको थियो ।

सिरियाको सरकारी समाचार समिति सानाले मंगलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुई वटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएका हुन् । मानवअधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताएअनुसार विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भण्डार गरिएको स्थानलाई लक्षित गरेर क्षेप्यास्त्र आक्रमण गरिएको हो ।

मंगलबार मध्याह्न विनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भण्डार केन्द्रलाई लक्षित गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्