लागु औषध विरुद्ध निबन्ध प्रतियोगिता



मोतीराम तिमल्सिना
काभ्रे । लागु औषध दुब्र्यसन र ओसारपसार विरुद्ध जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जुन २६ को अवसर पारी आयोजित सप्ताहब्यापी कार्यक्रम प्रभातफेरी सहित समापन गरिएको छ ।
प्याब्सन, एन ब्याब्सन, शिक्षक महासंघ, जिल्ला प्रशासन कार्यालयको शिक्षा शिक्षा विकास तथा समन्वय इकाई, सामुदायिक प्रहरी, जिल्ला प्रहरी कार्यालय लगायत दर्जनौ संघ संस्थाको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम बनेपामा आयोजना गरिएको थियो । बनेपाको चारदोबाटो, टेलिकम चोक, नालादोबाटो हुँदै लायकु चोक पुगेर ¥याली समापन भएको थियो । सोहि अवसरमा लागु औषध विरुद्ध आयोजित बक्तृत्वकला प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायतको टोली कार्यक्रममा सहभागि भएको थियो ।
निबन्ध प्रतियोगितामा सामुदायिक मावी पनौतीका छात्र रजन श्रेष्ठ प्रथम, बालनिकेतन माविका सुकराम तामाङ दोश्रो, काभ्रे मावि बनेपाका संजय चौधरी तेश्रो र चैतन्य मावि बनेपाकी छात्रा प्रनिशा घिमीरेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, विष्णु दल गणका गणपति रामहरी केसी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्का, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रभातफेरी पछि आयोजित कार्यक्रममा प्रजिअ राउत, सहायक प्रजिअ किरण थापा, शिक्षक महासंघका अध्यक्ष अश्विन चौलागाई, प्याब्सन काभ्रेका सचिव महेन्द्र थिङ्ग लगायतले लागु औषध दुब्र्यसन विरुद्धका विषयमा मन्तब्य राखेका थिए । सोहि क्रममा सामुदायिक प्रहरी सेवा बनेपाले लागु औषध दुब्र्यसनी रोक्न अभियान शुरु गरेको छ । देशब्यापी शुरु भएको अभियानलाई साथ दिदै सामुदायिक प्रहरीले बार्षिक अभियान शुरु गर्ने निर्णय गरेको छ ।
अध्यक्ष जीवनभक्त नकर्मीले इलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा गाँजा फडानी गरेको बताए । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहको नेतृत्वमा बनेपाको धनेश्वर, पुलबजार, नाला र पुण्यमाता खोला क्षेत्रमा रहेको गाँजा फडानी गरिएको थियो । जिल्ला स्तरमा गठित समितिले उक्त अभियान गर्ने निर्णय गरेको थियो । अभियान अन्र्तगत औषधी पसल अनुगमन, गाँजा फडानी, विद्यालय स्तरीय जनचेतना मुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
लागु औषध ओसारपसारमा १८ पक्राउ
जिल्लामा दुईवटा प्रमुख राजमार्ग अरनिको र विपी राजमार्ग हुँदै लागु औषध ओसारपसार हुन सक्ने भन्दै प्रहरीले आकस्मिक र नियमित चेकजाँच गरिरहेको छ । प्रहरीले गरेको अनुसन्धानमा एक वर्षमा इलाका र जिल्लाबाट १८ जना लागु औषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवत्ता डिएस्पी महेन्द्र मरासैनीका अनुसार गत वर्ष १८ जना पक्राउ परी उनिहरुको साथबाट ४ सय ९५ केजी गाँजा, ३ केजी चरेस, नाईट्रभ्याट १ हजार ५ सय ५ चक्की र नाईट्रोसन १ सय ८६ चक्की बरामद भएको छ । परिवारका कारण, साथीभाईको संगत, निशाना, बेराजगार, उश्रृखंलता, असफलता लगायतका कारणबाट लागु औषध प्रयोगमा संलग्न भएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।
देशभर गत आर्थिक वर्षमा ९१ हजार ५ सय ३५ जना लागु औषधप्रयोगकर्ता फेला परेका थिए । कानुन प्रभावकारी नहुँदा देशभर यसको प्रयोग बढ्दै गएको छ । कारागारहरुमा रहेका कैदीहरु मध्ये २२ प्रतिशत कैदीहरु यसको प्रयोगमा संलग्न भएका छन् । खुल्ला स्थान, विद्यालय आसपास र एकान्त स्थानमा लागु औषध प्रयोगकर्ताहरुको जमघट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्