मैदानमा कुश्ती



मस्को, (एजेन्सी)
पानामासँग इंग्ल्यान्ड ६–१ ले जितेपनि सबैभन्दा चर्चा पानामाका खेलाडीहरुकै भएको छ । पानामाका खेलाडीको चर्चा राम्रो खेलको लागि भने होइन । उनीहरुको खराब आचरणको कारण हो । इंग्ल्यान्डका खेलाडीलाई गोलबाट रोक्न पानामाका खेलाडीले कुश्ती खेले झै समातेर पछारेका थिए ।

इंग्ल्यान्डको दुई पटक कर्नर पाएकोमा दुबै पटक पेनाल्टीमा परिणत हुनुमा पेनाल्टी बक्समा पानामाका खेलाडीले ह्यारी केन र अन्य खेलाडीलाई समातिरहेकाले भएको थियो । यो घटनालाई केही युजर्सले सोसल मिडियामा भिडियो पोस्ट गरेर पानामाका खेलाडीका व्यवहार मानौं डब्ल्यूडब्ल्यूईको कुश्ती झै लागेको स्मरण गराएका थिए ।

यसै खेल दौरान एउटा रोचक घटना पनि घट्यो। इंग्लिस टोली गोलको सेलिब्रेसनमा थियो । पानामाका खेलाडी बल लिएर इंग्ल्यान्डको गोलपोस्टतिर दौडेका थिए । रेफ्रीले सिटी बजाइरहे तर पानामाका खेलाडी रोकेनन् । जब यो फाउल भएको थाहा पायो खेलाडीले इंग्ल्यान्डका गोलकिपरको हातमा सीधै बलले हिर्काइदियो ।

प्रतिक्रिया दिनुहोस्