हदारी पाको खेलाडी बने



भोल्गोग्राड, (एजेन्सी)
इजिप्टका ४५ वर्षीय गोलकिपर एसाम अल हदारी विश्वकप फुटबल प्रतियोगितामा खेल्ने अहिलेसम्मकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् ।

साउदी अरेबियाविरुद्ध सोमबार खेले लगतै उनले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोलम्बियाका गोलकिपर फेरिड मोड्रेगोनको कीर्तिमान तोडे । मोडे«गोन त्यतिबेला ४३ वर्ष ३ दिनको उमेरमा जापानविरुद्ध खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्