९ दशमलव ७२ अंकले घट्यो नेप्से



काठमाडौं, (नेस)
सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९ दशमलव ७२ अंकले घटेर १ हजार २ सय १० दशमलव शून्य ९ अंकमा कायम भएको छ । दिनभरिमा १ सय ५८ वटा कम्पनीको ५ लाख ७४ हजार ७ सय ८१ कित्ता शेयर ३ हजार २ सय १९ पटक खरिद बिक्रीबाट १८ करोड ५१ लाख ७० हजार ५३ रुपिया“ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा होटल र उत्पादनमूलक समूह सामान्य अंकले बढ्नु बाहेक अन्य सबै समूहको उपसूचक घटेको छ । होटल समूहको उपसूचक २ दशमलव २६ अंकले र उत्पादनमुलक समूह १ दशलमव ८६ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको उपसूचक ७९ दशमलव ७६ अंकले घटेको छ ।

त्यसैगरी बैंकिङ समूह ८ दशमलव ११ अंकले विकास बैंक समूह १० दशमलव २९ अंकले, जलविद्युत् समूह १६ दशमलव १२ अंकले, वित्त समूह शून्य दशमलव ९४ अंकले, अन्य समूह ३ दशमलव १ अंकले र लघुवित्त समूह १३ दशमलव ७५ अंकले घटेका छन् ।

सोमबार सबैभन्दा धेरै समता माइक्रोफाइनान्सको ८८ लाख ९६ हजार रुपियाँ बराबरको कारोबार भएको छ । दिनभरको कारोबारमा जम्मा २६ वटा कम्पनीका शेयरधनीले कमाउ“दा सबैभन्दा धेरै खानीखोला हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने जेविल्स फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ७ दशलमव ४० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्