फलेवासमा एक वार्ड एक नमुना कृषि र्फम



नेपाल समाचारपत्र, पर्वत । पर्वतका फलेवास नगरपालिकाले एक वार्ड एक नमुना कृषि तथा पशु फर्म स्थापना गर्ने भएको छ ।

फलेबास नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाका ११ वटै वडामा एक वडा एक कृषि तथा पशु र्फम स्थापना गर्न बजेट बिनियोजन गरेको हो ।

नगरपालिकाको तेस्रो नगरपरिषदमा प्रस्तुत भएको बजेटमा कृषि र्फम राख्न १० रोपनी र पशुफर्म गर्न कम्तीमा ५० पशुपालन गर्न नमुना फर्म बनाउने योजना अघि सारेको नगरप्रमुख पदमपाणी शर्माले बताए । नगरपालिकाले एक वडा एक नमुना भाँडाकुडा तथा घरेलु सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण गर्ने अभियानलाई थप प्रभाबकारी बनाउने भएको छ ।

नगरोन्मुख फलेबासलाई तीन वटा चक्रपथ निर्माण गर्न नगरपरिषदले बजेट बिनियोजन गरेको छ । नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ , भित्री सडकहरुको सञ्जाल जोडेर भित्री र फलेबास क्षेत्रका देबिस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट बिनियोजन गरेको छ । तीन वटै चक्रपथलाई आगामी आर्थिक बर्षमा कच्ची रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको मेयर शर्माले जानकारी दिए ।

नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गरेको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ्ग–आम्डी–पाङ्गराङ्ग–कुर्घाडाडाँ–सलिनधारा–पतियार–थापाठाना सडकका लागि ६० लाख बिनियोजन गरिएको छ । देबिस्थान –शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडक खण्ड निर्माणका लागि १ करोड ५० बजेट बिनियोजन गरिएको छ ।

फलेबासको समथर भूभागलाई जोड्न केन्द्र चक्रपथ खौला–चन्दनी–ढिक–रहाले–मुडिकुवा–झकलक हुँदै खौला जोड्न ३० लाख बिनियोजन गरिएको छ ।

फलेबासले थापाठाना र कार्किनेटाको बिचमा रहेको थानकोटमा मनमोहन स्मृति बाटिका निर्माण गर्ने भएको छ । डहरेलाई खुल्ला चिडीयाखाना बनाउने अभियान अन्र्तगत १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा नमुना पार्क बनाउने योजना अघि सारेकोे हो । फलेबास नगरभित्रका महिला शिक्षीकाहरुले सुत्केरी बिदा लिँदा पठनपाठन प्रभाबित भएकाले नगरपालिकाले सुत्केरी बिदा अवधीमा सट्टा शिक्षक राख्नका लागि बजेट समेत बिनियोजन गरेको छ । आगामी बर्ष मेयर कप अन्तरपालिका फुटबल प्रतियोगिता आयोजन ागर्ने भएको छ ।

फलेबासले आगामी आर्थिक बर्षका लागि कुल आय तर्फ ४६ करोड ७६ लाख मध्ये चालु खर्चमा ३३ करोड ५ लाख ५१ हजार तथा पुंजीगत तर्फ १३ करोड ७१ लाख ४४ हजार बिनियोजन गरेको उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्