टर्कीको राष्ट्रपतिमा एर्दोगान दोस्रो कार्यकालका लागि विजयी



एजेन्सी । टर्कीको राष्ट्रपतिमा रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चुनावी नतिजापछि एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।

आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने नियम रहेको टर्कीमा एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ुखसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएकोु बताए। तर उनले थप विवरण दिएनन्।

सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्।

उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्