मेसीको प्रशंसकले आत्महत्या गरे



नयाँ दिल्ली, (एजेन्सी)
अर्जेन्टिना विश्वकप अन्तर्गत दोस्रो खेलमा क्रोयसियासँग ३–० ले हारेको सहन नसकेर अर्जेन्टिनाका एक प्रशंसकले आत्महत्या गरेका छन् ।

लियोनल मेसीका समेत ठूलो प्रशंसक दीनू अलेक्स शुक्रबारको खेलकै रातिदेखि घरबाट वेपत्ता भएका थिए । भारतको अरुमानूरमा बसोबास गरेका अलेक्सको लास आईतबार प्राप्त भएको थियो । उनले सुसाइड नोटमा लेखिएको थियो कि अर्जेन्टिना हारेकोमा ज्यादै निरास छु र जीवन समाप्त गर्न गइरहेको छु ।

प्रहरीका साथै बचाव सेवाका कर्मचारीले गाउँभन्दा १० किलोमिटर टाढा इलीकल पुलमा उनको लाश भेटाएको भारतीय संचारमाध्यमले जनायो ।

प्रतिक्रिया दिनुहोस्