सेक्स नगर्न भनेको छैन



मस्को, (एजेन्सी)
विश्वकपअन्तर्गत खेल दौरान सेक्स नगर्न आफुले नभनेको आइसल्यान्डका प्रशिक्षक हेमिर हालग्रीमसनले बताएका छन् ।

हालग्रीमसनले विश्वकप दौरान सेक्स गर्न प्रतिबन्ध लगाएको भनेर आएको कुरा हल्ला मात्र भएको बताए । उनले यस्तो कुरा कताबाट आएको र यसबारे अनभिज्ञ रहेको पनि बताए । उनले भने—यो वाहियात कुरा हो । मैले खेलाडीलाई सेक्स गर्न पुरै मञ्जुरी दिएको छु । तर उनीहरुले आफनी पत्नी वा गर्लफ्रन्ेडसँग सेक्स गर्दा नै राम्रो हुन्छ ।

जबकी आइसल्यान्डका कप्तान आरोन गुन्नर्सनसँग एक रिपोर्टरले सेक्स प्रतिबन्धबारे प्रश्न सोधिएको थियो । यसमा गुन्नर्सनले यस्तो कहिलेकाही हुन्छ बताए । गुन्नर्सन र उनकी माडल श्रीमती जोनासडाटिर आइसल्यान्डका चर्चित व्यक्तिहरु हुन् । प्रशिक्षकको बयानपछि जोनासडाटिरले विश्वकप हेर्ने तयारी गरेकी छिन् । सुत्रको अनुसार उनी छिटै रुस जाँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्