मेसीले संन्यास नलिने



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपअन्तर्गत अन्तिम १६ मा पुग्ने योजनामा रहेको अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले संन्यास नलिने बताएका छन् ।

आईतबार ३१ औं जन्म दिन मनाएका मेसीले फुटबलको कुनै पनि ठूलो ट्रफी नजितुन्जेल संन्यास नलिने कुरा बताए । मेसीले अर्जेन्टिनामा विश्वकप फर्काउने सपना रहेकोले अहिले नै संन्यास लिने कुनै मनसाय नभएको खुलासा गरे ।

मेसीले मिररलाई बताए—अर्जेन्टिनाको लागि विश्वकप खास रहेको छ । र मेरो लागि पनि । म सँधै विश्वकप उठाएको सपना देखिरहेको छु । यो क्षणबारे मात्र सोचिरहँदा पनि मलाई रोमाञ्चक बनाउँछ । त्यसैले हामी यो सपना टुटन दिन सक्दैन ।

मेसीले धेरै जसो महत्वपूर्ण प्रतियोगिता जितेको भन्दै बताए—मैले प्राय जसो प्रमुख प्रतियोगिता जितेको छु । त्यसैले मैले विश्वकप नलिई सक्रिय फुटबलबाट संन्यास लिन चाहन्न ।
यदि यो विश्वकपमा उपाधि जित्न विफल भएमा उनको चाहना अनुसार २०२२ विश्वकपमा पनि मेसीले खेल्ने पक्का छ । कतारमा हुने विश्वकपमा उनी ३५ वर्षको हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्