विश्वकप: आजको खेल



बेलुका ७ः४५ – उरुग्वे वि. रुस, समूह ए
स्थानः समारा एरेना, समारा
बेलुका ७ः४५ – साउदी अरेबिया वि. इजिप्ट, समूह ए
स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड

राति ११ः४५ – स्पेन वि. मोरक्को, समूह बी
स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड
राति ११ः४५ – इरान वि. पोर्चुगल, समूह बी
स्थानः मोर्डोभिया एरेना, सारानस्क

रुस र उरुग्वेबीच शीर्षका लागि होड

समूह ए अन्तर्गत खेलको आज त्यति महत्व हुने छैन । रुस र उरुग्वे पहिल्यै अन्तिम १६ मा पुगिसकेकोले यी दुईको खेलमा कुन टोली शीर्ष स्थानमा रहने भन्नेमा मात्रै होड लाग्नेछ । रुसले यसअघि दुई खेलमा सानदार जित हात पारेको थियो । पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले र दोस्रो खेलमा इजिप्टलाई ३–१ ले हराएको थियो । उरुग्वे आयोजक राष्ट्र रुसका लागि पहिलो कडा प्रतिद्वन्द्वी भएकोले यो परीक्षा पनि हो ।

उता उरुग्वे अघिल्ला दुई खेलमा समान १–० गोलले जितेको थियो । पहिलो खेलमा उरुग्वे र बार्सिलोनाका स्टार खेलाडी लुइस सुआरेज चल्न सकेनन् । तर दोस्रो खेलमा साउदीविरुद्ध सुआरेजले निर्णायक गोल गरेका थिए । उरुग्वेको पनि असली परीक्षा रुसविरुद्ध नै हुनेछ ।
यसैगरी यही समूहका पराजित दुई टोली साउदी र इजिप्ट आज प्रतिष्ठाका लागि खेल्नेछन् ।

इजिप्ट तथा लिभरपुलका चर्चित खेलाडी मोहम्मद सालाह त्यति चल्न सकेनन् । उनको प्रदर्शन त्यति राम्रो पनि देखिएन । जति सोचेको हो त्यो भन्दा तल नै रह्यो । शायद यो खेलमा उनको जादु चल्छ कि । यदि चलेमा साउदीका लागि प्रतिष्ठा बचाउन गाह«ो हुनेछ । एसियन टोली साउदी एक जित हात पारेर घर फर्कन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्