शाखा अधिकृत ढुङ्गानाविरुद्ध मुद्दा दायर



काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गानाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार आरोपी ढुंगानाले श्रम इजाजत दिने विषयमा प्रकाशित भएको सूचना अपूरो रहेको भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोगमा कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै, आयोगले आजै प्रहरी नायब निरीक्षक पदमा कार्यरत धीरेन्द्रकुमार श्रेष्ठले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्