घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ



 

कलैया ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ ।

मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्