रेडपाण्डाका छाला सहित ३ पक्राउ



काठमाडौं । ६ बौद्धबाट रेडपाण्डाको छाला १ थान र बा।५८ प १३७८ नम्बरको मोटरसाइकल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्‍वर बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका १ का आङदावा शेर्पा, काठमाडौं बुढानिलकण्‍ठ नगरपालिका १० बस्ने सोलुखुम्बु माकुलुङ १ का लाक्पा शेर्पा र काठमाडौं बुढानिलकण्‍ठ नगरपालिका–१० कपन बस्ने सोलुखुम्बु माकुलुङ–१ का २३ वर्षीय

बौद्ध फूलबारीस्थित कैलाश गेष्‍टहाउस नजिक रेडपाण्डाको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उक्त छाला र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान पश्‍चात आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्