ह्यारी केनको ह्याट्रिकले इंग्ल्याण्डको फराकिलो जित



काठमाडौं ।
रसियामा जारी विश्वकपमा इंग्ल्याण्ड र पानामा बिचे खेलमा इंग्ल्याण्डका स्ट्राईकर ह्यारी केनले मात्रै पानामा बिरुद्ध ३ गोल गरे । यो उनको ह्याट्रिक जारी विश्वकपको तेस्रो ह्याट्रिक हो ।

उनले पानामा विरुद्ध खेलको २२ औँ मिनेटमा पेनाल्टी मार्फत खाता खोले भने पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पाएको अर्काे पेनाल्टीलाई पनि ह्यारीले गोल गरे । उनले खेलको ६२ औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका हुन् । यस खेलमा जोन स्टोन्स्ले दोस्रो गोल गरे । इंग्ल्याण्डको यस जितले नकआउट चरणको ढोका खोलेको छ ।

उनले खेलको ८ औँ र ४० औँ मिनेटमा गोल गरेका हुन् । भने जेसे लिंगार्डले खेलको ३६ औँ मिनेटमा गोल गरेर पानामा विरुद्ध ६–१ गोलको अग्रता दिलाएका हुन् । पानामाको तर्फबाट भने खेलको ७८ औँ मिनेटमा फेलिप बालोईले पानामाका लागि गोल पहिलो गोल गरे । पानाको यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्