गोदावरीको बजेट ७८ करोड २२ लाख



ललितपुर (नेस)
गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि ७८ करोड २२ लाख १५ हजार रुपैयाँ विनियोजित गरेको छ । आईतबार सम्पन्न नगरपालिकाको दोस्रो नगरसभामा तथा आगामी आर्थिक वर्षको बजेट, नीति, तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले सो को जानकारी दिनुभयो ।

सो रकम मध्ये संघीय संरकारबाट ५८ करोड ८७ लाख १५ हजार रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड रुपैयाँ, जिल्ला समन्वय समितिबाट ५ करोड रुपैयाँ, आन्तरिक आयबाट ११ करोड रुपैयाँ र सडक बोर्ड नेपालबाट ३५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

कँल अनुमानित बजेट मध्ये नगरस्तरीय बजेट, योजना तथा कार्यक्रममा २३ करोड ७३ लाख रुपैयाँ,लक्षित समँह सम्बन्धी बजेट, योजना र कार्यक्रममा २ करोड ५० लाख रुपैयाँ, न्यायिक समिति सम्बन्धी बजेट, योजना तथा कार्यक्रममा २५ लाख रुपैयाँ विनियोजित गरिएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

नगरस्तरीय बजेटमा गोदावरी प्राविधिक शिक्षालय स्थापना गर्न १ करोड रुपैयाँ,सडक मर्मत एवं स्तरोन्नति (८ मिटर सडक) गर्न ३ करोड रुपैयाँ, बहुउद्देश्यीय रंगशाला निर्माण योजना वडा नं १० सञ्चालन गर्न १ करोड रुपैयाँ,देवीचौर भ्यँ टावर वडा नं ७ मा सञ्चालन गर्न १ करोड रुपैयाँ, ऐतिहासिक धार्मिक, मठ मन्दिर संरक्षण प्रत्येक १० लाखका दरले दिने गरी १ करोड रुपैयाँ विनियोजित गरिएको छ ।

त्यसैगरी लक्षित समँह बजेटमा बालमैत्री कार्यक्रम घोषणा, नगरस्तरीय बाल सञ्जाल तथा बाल क्लब सञ्चालन, महिला जनप्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम गर्न १० लाख रुपैयाँ, नगरस्तरीय मातृभाषा, लिपि प्रशिक्षण गर्न १० लाख, नगरस्तरीय भेषभँषा तथा संस्कृति) संग्रहालय निर्माण गर्न २५ लाख र दलित अपांगमैत्री कार्यक्रमको लागि २५ लाख विनियोजित गरिएको छ ।
आगामी आर्थिक वर्षमा सडकतर्फ ५ किलोमिटर सडक कालोपत्र गरिनेछ र न्यँनत्तम १५ किलोमिटर सडक स्तरोन्नति गर्ने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी योग नगरपालिकाको रुपमा विकास गर्ने, धार्मिक , सांस्कृति मठमन्दिरको संरक्षण, बहुउद्देश्यीय गोदावरी रंगशाला निर्माण, सांस्कृतिक बाजागाजाको प्रतियोगिता, बृहत तीज प्रतियोगिता,स्थानीय भाषा, साहित्य, कला, संस्कृति र मातृभाषाहरुको संरक्षण, सम्र्वद्धन र प्रर्वद्धन, सामुदायिक वनहरुलाई स्थानीयको आयआर्जन माध्यम बनाउन एग्रो फरेष्ट नीति लागँ गरिने कार्यक्रमहरुलाई पनि अघि सारिएको छ ।सो सभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य पम्फा भुसालले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्