हप्तामा ५ दिन श्रीको काठमाडौं–राजविराज उडान



काठमाडौं,नेस
नीजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाईन्सले काठमाडौंबाट राजविराज विमानस्थलमा आईतवार बाट नियमित उडान शुरु गरेको छ ।
श्री एयलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार कम्पनीले असारको आईतबार बाट हप्ताको ५ दिन नियमित उडान शुरु गरेको बताउनु भयो । कम्पनीको सी आरजे २०० नाईन एन एमएको ५० सिट क्षमताको विमानबाट आईतबार,सोमबार,बुधबार,बिहीबार र शुक्रबार नियमित उडान गर्ने भएको छ । कम्पनीको उडान सँगै सप्तरी,सिरहा,उदयपुर,सीन्धुली,खोटाङ र सुनसरी आसपासका यात्रुहरु प्रत्यक्षय लाभान्वित हुने छन् भने पच्चिमको जनकपूर विमानस्थल र पूर्वको विराटनगर विमानस्थल धाउनु पर्ने वाध्यत्ताको अन्त्य हुने छ ।
पटक पटक वन्द हुँदै आएको राजविराज विमानस्थल गत जेष्ठ १० मा श्री एयरलाईन्सले परिक्षण उडान गरेको थियो भने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको शुभारम्भ गर्नु भएको थियो । विमानस्थल उद्घाटन गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारले राजविराज विमानस्थललाई कार्गो हवको रुपमा विकास गर्ने बताउनु भएको थियो ।

आन्तरिक उडानमा जेट इन्जिनयुक्त जहाज प्रयोग गरिरहेको श्री एयरलाइन्सले राजविराजका लागि असार १ गतेदेखि दैनिक उडान गर्ने तयारीगरेका भएपनि प्रविधीक कारले ढिलो भएको बताएको छ । स्तरउन्न्ती गरिएको विमानस्थल अवलोकन गर्न गत महिना कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तल समेत राजविराज पुगेका थिए । आईतवार काठमाडौंबाट ४६ यात्रुले राजविराजको लागि यात्रा गरेका थिए भने राजविराजबाट काठमाडौंका लागि २० यात्रुले पलिलो दिन यात्रा गरेको कम्पनीले पे्रस विज्ञप्ती मार्फत जानकारी गराएको छ । एयरलाईन्सको नियमित उडान शुरु भए सँगै सुनसरी आसपासका वासिन्दा खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्