पहिलो हाफमै इंग्ल्याण्डको फराकिलो अग्रता, इंग्ल्याण्ड–५, पानामा–०



काठमाडौं ।
रसियामा जारी विश्वकपको आइतबार भएको पहिलो खेलमा पहिलो हाफसम्म पानामा विरुद्ध इंग्ल्याण्डले ५–० गोलको फराकिलो अग्रता लिएको छ । खेलको सुरुवातीबाटै आक्रामक खेलेका इंग्ल्याण्डले ८ मिनेटमै अग्रता लिएको हो ।

इंग्ल्याण्डका लागि जोन स्टोन्स्ले खेलको आठौँ र ४० औँ मिनेट, ह्यारी केनले खेलको २२ मिनेट र इन्जुरी समयको पहिलो मिनेटमा, जेसे लिङगार्डले खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् ।

पानामाका खेलाडीले डिबक्स भित्र फल गरेपछि खेलको २२ औँ र इन्जुरी समयको पहिलो मिनेटमा इंग्ल्याण्डले गोल गर्दै अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्