गरिबीबाट प्रेरणा पाएका लुकाकु



लन्डन, (एजेन्सी)
बेल्जियमका यी स्ट्राइकर रुसमा जारी विश्वकपमा लगातार गोलको वर्षा गर्दैछन् । कुनै बेला खान पनि धौ धौ भएका बेल्जियन खेलाडी अहिले विश्वमै चर्चित छन् । उनी हुन् म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु । लुकाकुले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । पहिलो खेलमा पानामाविरुद्ध दुई गोल र शनिबार भएको ट्युनिसियाविरुद्ध पनि दुई गोल नै गरे उनले ।

यसका साथै लुकाकुले गोल्डेन बुटको दावेदारीमा क्रिस्टियानो रोनाल्डोलाई चुनौती दिन आइपुगेका छन् । पोर्चुगिज स्टार पहिले नै चार गोल गरेर स्कोररको सूचीमा शीर्ष स्थानमा रहेका छन् । अब उनले लुकाकुसँग शीर्ष स्थान बाँड्नु परेको छ ।

लुकाकुको यो सफलताभित्र पनि मार्मिक कथा लुकेको छ । उनले मिडिया च्यानेललाई बताएका थिए कि गरिबीको दिनमा उनी साना थिए । उनको घरमा खानाको कमी हुन्थ्यो । कहिलेकाही बतीको बिल भर्न पनि पैसा हुँदैन थियो । उनले बताए—हामीसँग धेरै पैसा थिएन कि हामी पुरै हफ्ताको अन्तसम्म आवश्यक चीज पुरा गर्न सकौं । हामी गरिब मात्रै थिएन कि ज्यादै गरिब थिए ।

२५ वर्षीय लुकाकुले बताए—मेरो बुबा व्यावसायिक फुटबलर थिए तर उनी आफनो करियरको अन्तिम चरणम थिए र सारा पैसा खतम भइसकेको थियो ।

उनले ६ वर्षको बेलाको सम्झना गर्दै भने—मेरी आमाले दुधमा पानी मिसाएको देखेको थिए । कति गरिब थिए हामी । वहाँले सबैलाई पुगोस भनेर यसो गर्नुभयो ।

यस घटनापछि नै फुटबलर हुने भनेर लुकाकुले अठोट गरेको बताए । व्यावसायिक फुटबलर बनेर गरिबीबाट बाहिर निकाल्नुका साथै आफनो प्रतिभाको बलमा उनी अहिले चर्चित फुटबल बनिसकेका छन् ।

लुकाकुले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आउन अगाडि चेल्सी, वेस्ट ब्रोमवीच एल्बियोन र एभर्टन जस्ता क्लबबाट आफनो कला प्रदर्शन गरिसकेका छन् । लुकाकुले आफनो राष्ट्र बेल्जियमका लागि ७० खेलबाट ३८ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्