पोखरा महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता



नेपाल समाचारपत्र, पोखरा ।
पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेल अझै अत्तोपत्तो नभएपछि प्रहरीका लागि खोजीको निवेदन दिइएको हो ।

पोखरा महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्