नाम्सकी आरध्या नेपाल प्रथम



काठमाडौं, (नेस)
काठमाडौंको टोखा नगरपालिका–९ गोंगवुस्थित नेशनल मोडेल साइन्स स्कुल (नाम्स)की छात्रा आरध्या ज्ञवालीले एसईई परीक्षामा नेपाल प्रथम बनेकी सो विद्यालयको दावी छ ।

कूल चार पूर्णाङक मध्ये चारग्रेड नैं प्राप्त गरी उनी नेपाल प्रथम बनेकी विद्यालयका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रदीप भुषालले बताउनुभयो । बुबा भरतमणि ज्ञवाली र आमा लक्ष्मीकी कान्छी छोरी आरध्या सो विद्यालयमा कक्षा नर्सरीदेखिकी छात्रा हुन् । १६ बर्षिया ज्ञवालीको स्थायी घर गुल्मी रुरु गाउँपालिका–५ बम्घा हो ।

कक्षा २ देखि हरेक तहमा ज्ञवालीसँधै प्रथम बनेकी विद्यालयले जनाएको छ । छोरीले भविष्यमा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्ने रुची देखाएकी बुबा भरतमणीले बताउनुभयो । ‘मैले छोरीलाई यही विषय पढ्नुपर्छ भनेर दवाव दिएको छैन, उनको रुचीको विषय सफ्टवेयर इन्जिनियरिङ हो’–पूर्व नेपाल समाचारपत्रकर्मी समेत रहनु भएका ज्ञवालीले भन्नुभयो । विद्यालयका निर्देशक भुषालका अनुसार आरध्या नियमित पढाइसँगै अतिरिक्त कृयाकलापमा समेत चासो राख्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्