प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।
६ दिने चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका छन्। उनी बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए। विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले स्वागत गरेका थिए। चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली यही असार ५ गते चीन भ्रमणमा गएका थिए।

तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्