त्रिभुवन विमानस्थलमा पत्रकारसँग के भने अाेलीले ?



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण उपलव्धीमूलक भएको दाबी गर्दै छिटै चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त रहेको बताए। पाँच दिने भ्रमणबाट स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भेटमा आफूले नेपाल भ्रमणको निम्तो दिएको र सीका तर्फबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।

नेपाल आउने निम्तामा राष्ट्रपति सी उत्साही भएको आफूले पाएको ओलीले जनाए। चीन भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका लागि विशेष संयन्त्र समेत निर्माण हुने भएकाले कार्यान्वयनमा समस्या नआउने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल सञ्चालनसहितका १४ वटा सम्झौता भएका छन्।

आफ्नो ६ दिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्