अनमोल लाइभमा



स्टार हिरो अनमोल केसीले लाइभ प्रस्तुति पस्कने भएका छन्। उनले देशका प्रमुख ४ शहर बुटवल, पोखरा, चितवन र बिर्तामोडमामा लाइभ प्रस्तुति पस्कनेछन्।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोनिका इन्टरनेसनल ग्रुपले अनमोल साँझ २०१८ अन्र्तगत अनमोललाई देशका ४ शहरमा प्रस्तुत गर्ने जनाएको छ। आगामी भदौ ९ गतेबाट शुरू हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा नेत्रहीन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य रहेको छ। कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन्।

यो कार्यक्रमका लागि अनमोलले पारिश्रमिक नलिएको कार्यक्रममा बताइएको छ। सामाजिक कार्यका लागि कार्यक्रम गर्न लागिएकाले आफूले पारिश्रमिक नलिएको अनमोलले बताए। ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन। यो मेरा लागि ठूलो अवसर हो। साथै, प्mयान र गुडविसरसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ’ कार्यक्रममा अनमोलले भने।

प्रतिक्रिया दिनुहोस्