राखी समस्यामा



बलिउड फिल्म नगरी तथा सानो पर्दामा चर्चित राखी सावन्तलाई कन्ट्रोभर्सी क्विनको नामले चिनिन्छ। उनी हरेक समय कुनै न कुनै विवादले घेरिइरहेकी हुन्छिन्।

यसपटक पनि उनले यस्तो काम गरेकी छिन्, जस्ले गर्दा उनी आफैं समस्यामा फसेकी छिन्। आफ्नो सामाजिक सञ्जालमा उनले सेयर गरेको एक भिडियोले उनलाई फेरी एकपटक टक अफ द टाउन बनाइदिएको छ।

राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उत्तरपूर्वी एक गायिकाले गाएको हिन्दी गीत सेयर गरेकी थिइन्। जस्मा देखिन्छ कि उनी भिडियोद्वारा महिलाको मजाक उडाइरहेकी छिन्। यो भिडियो देखेपछि मानिसहरूले उनलाई गाली गर्न शुरू गरेका छन्। ज्यानको धम्की पनि दिएका छन्।

उक्त भिडियोमा राखीले जो वादा किया वो निभाना पडेगा बोलको गीत गाइरहेकी छिन्। राखीले भिडियोको साथमा गुड मर्निङ स्विटहार्ट फ्रेन्डस लेखेकी छिन् भने यसमा प्रयोग गरिएको इमोजीबाट प्रस्ट हुन्छ कि उनी उक्त भिडियोको मजाक उडाइरहेकी छिन्। तर विरोधका बाबजुद उनले न उक्त भिडियो हटाएकी छिन्, न त माफी नै मागेकी छिन्।

प्रतिक्रिया दिनुहोस्