मेलानियाले लगाएको ज्याकेट सन्देश विवादमा



वासिङटन (एजेन्सी)
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प उनले लगाएको ज्याकेटमा लेखिएको सन्देशका कारण सामाजिक सन्जालमा आलोचित भइरहेका छन् ।

मेलानिया टेक्ससमा आप्रवासी बच्चाका लागि बनाइएको बाल सिविरमा उनीहरुलाई भेट्न पुगेकी थिइन् । त्यतिबेला उनले ‘आई रियल्ली डोन्ट केयर, डु यु ?‘ अर्थात ‘मलाई कसैको परवाह छैन, के तपाईलाई छ ‘ लेखिएको ज्याकेट लगाएकी थिइन् । उक्त टिप्पणीकै कारण उनी सामाजिक सन्जालमा चर्चामा आइन् ।

समय र स्थान अनुसार मेलानियाको यो ज्याकेटको छनौटलाई लिएर मानिसहरुले प्रश्न उठाइरहेका छन् । उनले उक्त ज्याकेट लाएकोमा उनकी प्रवक्ताले भनिन– पुर्व फेसन मोडलको यो चयनमा कुनै पनि प्रतिकात्मक सन्देश नभएको बताइन् ।

३९ अमेरिकी डलर मुल्यको जारा कम्पनीको उक्त ज्याकेटले अहिले सामाजिक सन्जालमा तहल्का मच्चाएको छ । उनको पक्षमा राष्ट्रपति डोनाल्ड ट्रम्प आफै ओर्लेका छन् । उनले ट््िवट मार्फत उनकी पत्नीको ‘आई रियल्ली डोन्ट केयर ‘ लेखिएको ज्याकेट झुुठो सन्चार माध्यमका लागि भएको उल्लेख गरेका छन् । मेलानियालाई मान्छेहरु कति बइमान छन् भन्ने थाहा भयो र वास्तवमा उनले त्यसतोलाई वास्ता पनि नगरेको ट्रम्पले भनेका छन् ।

यसैबीच ट्विटरमा नागरिकहरुले तत्काल मेलानियाको ज्याकेटका विषयमा चर्चा गर्न थाले । एक प्रयोगकर्ता डनिज्कन ग्रिम्सले ट्विटमा मेलानियाले जानिजानी ३० डलर जाने उक्त ज्याकेट लगाएको लेखेका छन् ।

ज्याकेट लगाएको तस्वीरु भाइरल भएको घण्टौंपछि मेलानिया वासिङटन डिसीको एक हवाइ अड्डामा विमानबाट बाहिर निस्कने क्रममा सोही ज्याकेटमा देखिएकी थिइन् । उनी पत्रकारले सोधेका प्रश्नलाई बेवास्ता गर्दै अगाडी बढेकी थिइन् ।

ट्रम्पका प्रवक्ता स्टेफनी ग्रिसमले मेलानियाको फेसनमा निगरानी राख्नेहरुले अमेरिकी सामाजिक सन्जाल टिवटरमा आलोचना गरेको बताइन् ।

वास्तवमा टेक्ससमा बच्चासँग भेट्न जाँदा मेलानियाले उक्त ज्याकेट लगाएकै थिएन ।

प्रतिक्रिया दिनुहोस्