पाकिस्तान: युवती बलात्कार



कराची (एजेन्सी)
पाकिस्तानको बन्डरगाह सहर कराचीमा २१ बर्षिय युवतीलाई ३ ब्यक्तीले बन्दुक तेस्र्याइ अपहरण गरि बलात्कार गरेको प्रहरीले बताएको छ । युवतीलाई एक बसपार्कबाट परिवार सदस्यबीचबाटै अपहरण र सामुहिक बलात्कार गरिएको प्रहरीले जानकारी दिए ।

अपहरणकारीले पछि युवतीलाई उनको घर नजिक छोडेका थिए । युवतीका पिताले प्रहरी समक्ष दिएको उजुरीमा एक संदिग्ध उनको छिमेकी भएको बताएका छन् । चिकित्सकिय जाँचमा बलात्कारको पुष्टि भएको प्रहरीले बताए । प्रहरीले छानबिन सुरु गरिसकेको र दुई संदिग्धलाई पक्राउ गरिएको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्