इथियोपिया: र्यामा ग्रिनेड आक्रमण



अदिसअबाबा (एजेन्सी)
इथियोपियाका नयाँ प्रधानमन्त्री अबिय अहमेदको समर्थनमा आयोजित र्यालीमा भएको विस्फोटनमा एकको मृत्यु भएको इथियोपियाली अधिकारीहरुले बताएका छन् । यसअघि अबियले कयौंको मृत्यु भएको बताएका थिए ।

इथियोपियाको एकटालाई हेर्न नचाहने सक्तीले गरेको असफल प्रयास भएको उनले बताएका थिए । विस्फोट लगत्तै उनी त्यहाँबाट गएका थिए । अदिस अबाबाको मेस्केल स्क्वायरमा हजारौंको भिडमा ग्रिनेड फ्याकिएको थियो । विस्फोटमा १ सय ५४ जना घाइते भएको र १० जनाको अवस्था गम्भिर रहेको स्वास्थमन्त्रीले ट्विटमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्