अमृत र भावना च्याम्पियन



काठमाडौं, (नेस)
ओलम्पिक डे को अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित राष्ट्रिय खुला स्क्वास प्रतियोगितामा अमृत थापा मगर र भावना सुनुवार च्याम्पियन बनेका छन् ।

शनिबार भएको पुरुष सिंगल्स फाइनलमा अमृतले प्रवीणवीर सिंह कंशाकारलाई ११–५, ११–६ र ११–९ को सोझो सेटमा पराजित गरे । अमिर ब्लोन र ज्ञानु चौधरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार ५ सय र २÷२ हजार नगद पुरस्कार हात पारे ।

सातदोबाटोमा भएको महिला सिंगल्स फाइनलमा भावनाले विपना ब्लोनलाई ११–५, ११–७ र ११–९ को सीधा सेटमा हराइन् । सपना ब्लोन र स्वास्थानी श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए । पहिलो हुनेले ४ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रोले १÷१ हजार नगद पुरस्कार हात पारे ।

मास्टर्स ५० वर्षमाथि सिंगल्सको फाइनलमा सुदीपबहादुर सिंहले इन्द्रबहादुर कार्कीलाई ११–८, १४–१२ र ११–३ को सोझो सेटमा पाखा लगाउदै पहिलो भए । अमरकेशर सिंह र महेन्द्र महर्जन तेश्रो बने । विजेतालाई आयोजक संघका पूर्व संस्थापक अध्यक्ष भरतकेशर सिंह, आयोजक संघका अध्यक्ष किशोर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्