कीर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो



नेपाल समाचारपत्र, काठमाडौं
कीर्तिपुर नगरमा पर्यटक प्रवद्र्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खा“चो औंल्याइएको छ ।

कीर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा कीर्तिपुरस्थित नया“बजारमा भएको कीर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु सो खा“चो औंल्याएका हुन् । उनीहरुले नगरपालिकाको योजनाबद्ध कार्यक्रम, सरोकारवालाहरुबीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरमा ठूल्ठूला उद्योग र कलकारखाना स्थापना नभई पर्यटन उद्योग प्रवद्र्धन गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो। उहा“ले कीर्तिपुरमा रहेका ऐतिहासिक सम्पदा, मूर्त, अर्मूत संस्कृतिको प्रवद्र्धन, संरक्षण र पर्यटकीय पूर्वाधारको निर्माणबाट आन्तरिक र बाहय पर्यटक प्रवद्र्धन गर्न सकिने प्रबल सम्भावना रहेको पनि बताउनुभयो ।

पर्यटकीय उद्योग प्रवद्र्धन गर्न सञ्चारमाध्यमको प्रभावकारी भूमिका रहेको उल्लेख गर्दै प्रमुख महर्जनले सञ्चारमाध्यमले पर्यटकीय गन्तव्यको प्रचारप्रसार, पर्यटक नीति कार्यान्वयन गर्न जनमत सिर्जना गर्नुपर्ने भनाइ राख्नुभयो ।

कीर्तिपुरलाई सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गर्ने लक्ष्यले नगरपालिका अघि बढिरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो । चम्पापुरमा केबलकार स्थापनाको लागि सम्भाव्यता अध्ययन भइरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो ।

 

नगरपालिकाले स्थानीय पर्यटक पथ प्रदर्शक, संस्कृति संरक्षण, इतिहासको खोजी, होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई चरणबद्ध रुपमा अघि बढाउने योजना तर्जुमा गरिरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो ।

सो अवसरमा पर्यटनविद् दिलेन्द्र श्रेष्ठले नेपालमा प्राकृतिक र सांस्कृतिक पर्यटकको ठूलो सम्भावना रहेको बताउ“दै पर्यटकहरुको दृष्टि र बुझाइबाट स्थानीय विकास र पूर्वाधार निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहा“ले नेपाली संस्कार, संस्कृति र परम्परामा भएका राम्रा, रोचक र ऐतिहासिक महत्वको पक्ष विशेषता र सन्देश अहिलेको समय सन्दर्भ मिल्ने गरी प्रचारप्रसार, परिमार्जन गरी नया“ सिजनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कीर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न घुम्नुपर्ने गन्तव्यका रुपमा प्रचाप्रसार गर्नुपर्ने, यसको इतिहास, महŒवबारे पर्चा, पम्पलेट तयार गर्नुपर्ने खा“चो पनि उहा“ले आंैल्याउनुभयो ।

सो अवसरमा वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले सञ्चारमाध्यमले पर्यटकलाई लक्षित गरी उपयोगी सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । नेपाल भाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले संस्कृति, जात्रा, पर्व र परम्पराका विषयमा सञ्चारकर्मीले पर्यटकलाई लक्षित गरी आकर्षक तवरमा नया“ समाचारकोणबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

कीर्तिपुर नगरपालिका भाषा, संस्कृति ललितकला र पर्यटन समितिका संयोजक रमेशकाजी डंगोलले किर्तिपुरको विकासमा पत्रकारिताको भूमिकालाई प्रभावकारी बनोस् भन्ने अपेक्षा गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले किर्तिपुरलाई चिनाउन यसको इतिहास लेखन, सम्पदा निर्माण, मूर्त र अर्मूत संस्कृति जोगाउन नगरपालिकाले सञ्चारमाध्यमसंग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

अन्तक्र्रियामा सहभागी पत्रकार, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, पथ प्रदर्शकहरुले संस्कृति, सम्पदा र मौलिकपनप्रति गौरव गर्दै सञ्चारमाध्यममा त्यसलाई ल्याउन पत्रकार लगनशील हुनुपर्ने,संस्कृति सम्पदा संरक्षणलाई आर्थिक विकाससंग जोडेर अघि बढाउनुपर्ने बताए थिए ।

यसैबीच समारोहमा सगरमाथा आरोहण गर्ने पत्रकारद्वय कल्पना महर्जन, पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानपछि पत्रकारद्वयले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्