छिट्टो भुक्तानी दिन महासंघको दबाब



काठमाडौं, (नेस)
निर्माण व्यवसायीलाई मारमा पर्ने गरी भइरहेका सबै गतिविधि तत्काल अन्त्य गरी पूर्ण विकास निर्माण र निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गरिदिन नेपाल निर्माण व्यवसायी महासंघले सरोकारवाला सबै समक्ष हार्दिक आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै मुलुक नवनिर्माण तथा पुनर्निर्माणको महत्वपूर्ण चरणका साथै ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ बनाउने वर्तमान सरकारको अभिलाशाबाट गुज्रिरहेको वर्तमान अवस्थामा पूर्ण व्यवसायीमैत्री वातावरणका लागि आग्रह गरेको हो ।

यसैबीच महासंघले बाध्यताबस विभिन्न कारणले समयमा काम पूरा नगरेका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै कारबाही गर्ने गृह मन्त्रालयका प्रवक्ताको भनाइलाई सकारात्मक रुपमा लिएको छ । महासंघले गृह मन्त्रालयले अब निर्माण व्यवसायीलाई प्रत्यक्ष कारबाही नगरी भौतिक पूर्वाधार मन्त्रालयले नै कारबाही गर्ने र सम्बन्धित मन्त्रालयको अनुरोध भई आएपछि मात्र गृह मन्त्रालयले कारबाही अगाडि बढाउने भनी आएको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको हो ।

पछिल्लो समय सम्पन्न भइसकेका अयोजनाको भुक्तानी सम्बन्धमा, महासंघको १८औ साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता गर्नु भएको एक वर्षको म्याद थप र हालै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले समेत प्रतिबद्धता गर्नु भएको म्याद थप हालसम्म नहु“दा व्यवसायी मारमा परेको महासंघको भनाइ छ ।

निर्माण सामग्रीको चरम अभाव तथा चर्को मूल्य वृद्धिले गर्दा समयमा काम पूरा गर्न नसकेको कुरा गृह प्रशासनलाई अनूभत गराउन महासंघ सफल भएको हु“दा व्यवसायीलाई सोझै गृह मन्त्रालयले धरपकड गर्नु प्रक्रिया र विधि सम्मत नभएको महासंघको यस अघिका धारणा प्रमाणित भएको महासचिव रामशरण देउजाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगतमै सम्पन्न भएको निर्माण कार्यहरुको विभिन्न सरकारी निकायबाट व्यवसायीको अर्बाैं रुपिया“ बँ“की भुक्तानी यो अर्थिक वर्ष समाप्ीि हुन लागिसक्दा पनि पाउन बा“की रह“दा व्यवसायीहरु बैंकको कालोसूचीमा परि पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकाले यथाशक्य चाँडो रकम भुक्तानीको व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्