पोखरा फाइनान्सको शाखा नारायणगढमा



काठमाडौं, (नेस)
पोखरा फाइनान्सले चितवनको नारायणगढमा आफ्नो १३औं शाखा सञ्चालन गरी कारोबार सुभारम्भ गरेको छ ।

उक्त नारायणगढ शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायत सी–आस्बा तथा मोबाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताउनुभयो ।

कम्पनीको हालै सम्पन्न २१औं वार्षिक साधारण सभाले ८.२६ प्रतिशत बोनस शेयर पारित गरेकाले हाल चुक्ता पुं“जी ८१.६४ करोड कायम भएको बताइएको छ । निक्षेप ४ अर्ब १५ करोड तथा कर्जा लगानी ३ अर्ब ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्