सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्पयुटर प्रदान



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामग्री बूढानीलकण्ठ नगरपालिका जगडोलस्थित जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गर्नुभयो । कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय व्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले यसभन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्