नबिलको सीईओमा शाह



काठमाडौं, (नेस)
नबिल बैंकको ४८८ औं सञ्चालक समितिको बैठकले बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल केशरी शाहलाई नियुक्त गरेको छ ।

अनिल केशरी शाहले आफ्नो बैकिङ यात्रा सन् १९९१ बाट नेपाल ग्रिण्डलेज बैंक (हाल स्ट्यण्डर्ड चारटर्ड बैंक नेपाल) मा सहायक तहबाट शुरू गर्दै १३ वर्Èको अवधिमै प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख उपभोक्ता बैकिङ बन्न सफल हुनु भएको थियो ।

शाह महाप्रबन्धक हु“ंदै प्रथम नेपाली प्रमुख कार्यकारी अधिकृतको भूमिकामा नबिल बैंकमा ६ वर्ष काम गरिसकेको अनुभव रहेको छ । शाह मेगा बैंक नेपालको स्थापना गर्दै आफ्नो क्यारियरको २ कार्यकाल निभाएर नबिल बैंक पुनः फर्किनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्