एनआईसी एसिया बैंककोे भिसा इन्टरनेसनल युएसडी क्रेडिट कार्ड



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले भिसा इन्टरनेसनल युएसडी क्रेडिट कार्ड सेवा शुरु गरेको छ । उक्त कार्ड नेपाल तथा भारत बाहेक अन्य देशमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

उक्त कार्डमा अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जाको समेत सुविधा रहेको छ ।
निःशुल्क ई–कमर्स अनलाइन पेमेन्टको सुविधा, कर्जा सीमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, १० प्रतिशत वा शतप्रतिशत भुक्तानीको व्यवस्थासमेत रहेको छ ।

अधिकतम् ४५ दिनसम्म सर्भिस चार्ज फ्रि क्रेडिट पिरियड उपभोग गर्न सकिने सुविधा रहेको बैंकले बताएको छ ।

बैंकले २२४ शाखा कार्यालय, २१७ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्