सिभिल बैंकको स्मार्ट वेबसाइट शुरु



काठमाडौं, (नेस)
सिभिल बैंकले स्मार्ट वेब साइटको शुरुआत गरेको छ । स्मार्ट वेबसाइटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले गर्नुभयो । स्मार्ट वेबसाइट सबैखाले मोबाइल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ।

यो स्मार्ट वेबसाइटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै इन्टरनेट बंैकिङमार्फत् खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडिएसएल, विद्युत प्राधिकरण तथा डिस होमको बील भुक्तानी गर्न सकिन्छ ।

सिभिल बैंककोे हालसम्म दुई लाखभन्दा बढी ग्राहक रहेको छ । ३७ अर्बभन्दा बढी निक्षेप परिचालन गरि करिब ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुल शाखा संख्या ६३ पुगेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्