चीन: पाठ्यक्रममा ‘सी बिचार‘



बेइजिङ (एजेन्सी)
चिनियाँ विश्वविद्यालयमा राष्ट्रपति सी जिनपिंगका विचारलाई पाठ्यक्रममा प्राथमिकताका साथ समावेस गर्ने भएको छ । अन्तक्रियात्मक अनलाईन कोर्स, फेलोसिप तथा नयाँ सोध संस्थानहरु समेतिएको यी विश्वविद्यालयले देश र विश्वमा राष्टपति सीका विचारलाई प्रबद्र्धन गर्ने दिशामा काम गरिरहेको छ ।

गत अक्टोबर देखि नै देशभरीको विश्वविद्यालयमा ‘सीका विचार ‘लाई आफनो पाठ्यक्रममा मुख्य हिस्साका रुपमा समावेश गरिसकेको छ । माओयुग समाप्त भएपछि पहिलो पटक सीलाई प्राज्ञिक रुपमा यति धेरै महत्व दिइएको हो । यस योजनाका लागि यसैबर्ष चीनको संसदले संविधान संसोधन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्