जलाउन लागिएको शवसहित मलामी प्रहरी नियन्त्रणमा



गोरखा, (नेस)
जिल्लाको भीमसेन गाउँपालिका–१ मसेलमा सपुंगे दलित टोलबाट जलाउन घाटमा पु¥याइएको शव र मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै छोरा राजेश विश्वले करिब ७० वर्षकी आमा बिबाको कुटपिट गरी हत्या गरेको आशंकामा घाटबाट शव र मलामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहन श्रेष्ठले जानकारी दिए ।

‘घटना भएको भनेर स्थानीयले जिप्रकामा गराएको जानकारीको आधारमा हामी गएका थियौँ’, उनले भने– ‘यो सामान्य मृत्यु होइन, आत्मा हत्या पनि होइन भन्ने शवको प्रकृति हेर्दा बुझिन्छ यद्यपि यो पोस्टमार्टमपछि थाहा हुन्छ ।’ स्थानीयका अनुसार छोराले प्रायः सधैँ मदिरा सेवन गरी घरमा आई आमालाई कुटपिट गर्ने गरेको खुलेको छ ।

प्रहरीकोमा आएको जानकारीअनुसार राजेशले आमालाई बिहीबार कुटपिट गरेर सख्त घाइते बनाएका थिए । ‘हामीलाई आएको जानकारीअनुसार अस्ति (बिहीबार) छोराले आमालाई कुटपिट गरेर घाइते बनाएका थिए रे’, जिप्रका गोरखाका डिएसपी भेषराज रिजालले भने– ‘घाइते राजेशकी आमाको आज शनिबार बिहान मृत्यु भएको रहेछ ।

गाउँलेले पनि मरेकै भनेर जलाउन घाटमा लगेको बेला उक्त घटना छोराले घटाएको भनेर सूचना आएपछि प्रहरीले शव र मलामीहरुलाई नियन्त्रणमा लिएको छ ।’ मलामी गएका १९ अहिले जिल्ला प्रहरी कार्यालयमा छन् भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको मुर्दाघरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्