किस गर्नेले माफी माँगे



मस्को, (एजेन्सी)
विश्वकपको कभरेज गरिरहेकी जर्मन टीभीकी एक रिपोर्टरलाई समातेर किस गर्ने रुसी फुटबल समर्थकले माफी माँगेका छन् ।

डाइचे भेलेले देखाएको कि एक भिडियो कलमा उक्त व्यक्तिले कोलम्बियाली पत्रकार जुलियेथ गोन्जालेज थेरानसँग बताए—म तपाईसँग मनदेखि नै माँफी मागेको छु ।

उनले बताए—मैले लापर्वाहीसँग काम गरे र मैले यो सोचेन कि यसले तपाईलाई कति समस्यामा पारे । कोलम्बियाली पत्रकार थेरान रुसको सरानस्क सहरमा रिपोर्टिङ गरिरहेकी थिइन । त्यसैबेला अचानक एक व्यक्तिले एक हातले उनको नाडी समाते र अर्कोले छाती समातेर उनको गालामा किस गरेका थिए । उनले आफना साथीसँग बाजी राखेको थियो कि उनले कोही रिपोर्टरको गालामा किस गर्न सक्छ या सक्दैन ।

एक महिला रिपोर्टरसँग प्रत्यक्ष प्रसारणको समयमा यस्तो घटना घटेपछि यो सोसियल मिडियामा भाइरल भएको छ । महिला रिपोर्टर थेरानले सो भिडियो इन्स्टागं्राममा शेयर गर्दै लेखेकी थिइन—सम्मान, हामी यस्तो तरिकाको खराब व्यवहारको हकदार छैन । हाम्रो काम प्रमुख छ र हामी बराबरीसँग व्यवसायिक छौ । म फुटबलको खुशी शेयर गछु तर हामीले माया र शोषणबीचको सीमा पहिचान गर्न जरुरी छ ।

रिपोर्टरले अगाडि लेखिन—म घटनास्थलमा प्रशारणको लागि करिब २ घण्टासम्म रहे । केही समस्या पनि थिए । फेरि हामीले प्रत्यक्ष प्रशारण गरे र समर्थकले यसको लाभ उठाए । पछि मैले उनलाई खोज्दा उनी त्यहाँबाट गइसकेका थिए ।

यसरी महिला रिपोर्टरमाथि प्रत्यक्ष कभरेज गरिरँदा यस्तो घटना घटेको पहिलो पटक चाहि होइन । यसअगाडि ब्राजिलकी रिपोर्टर ब्रुना डील्ट्रीलाई पनि प्रत्यक्ष रिपोर्टिङको समयमा एक व्यक्तिले किस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्