प्लेयर्स टू वाच



ह्यारी केन (इंग्ल्याण्ड)
समूह जी को पहिलो खेलमा ट्यूनीसियाविरुद्ध भएको दुवै गोल ह्यारी केनले गरेका थिए । योसँगै सन् २०१५ देखि इंग्लिश राष्ट्रीय टिममा स्थान बनाउंदै आएका केनले राष्ट्रीय टिमबाट खेलेको २५ म्याचमा १५ गोल गरेका छन् । यति मात्र होईन कप्तानको रुपमा उनले अहिले इंग्लिश टिमलाई संगठित रुपमा उभ्याउन सफल पनि भएका छन् । केनले गत सिजनमा टोटनह्यामबाट उत्कृष्ट प्रर्दशन गर्दै ३० गोल गरेका थिए । उनले यो लयलाई विश्वकपमा पनि जारी राख्ने अपेक्षा गरिएको छ ।

साडियो माने (सेनेगल)
साडियो मानले समूहको पहिलो खेलमा पोल्याण्ड जस्तो सशक्त टिमबिरुद्ध राम्रो प्रदर्शन गरेका थिए । उनले जापानविरुद्ध पनि उत्कृष्ट मुभहरु बनाउने अपेक्षा गरिएको छ । उनी इंग्लिश प्रिमियर लिग क्लब लिभरपुलका महत्वपूर्ण खेलाडी हुन् । ५ फिट ९ इन्च उँचाई भएका २६ वर्षीय मानेले लिभरपुलबाट विन्गरको भूमिका निभाउने गर्छन् ।

सन् २०११ बाट फ्रान्सको मेट्ज क्लबबाट फुटबल करियरको सुरुवात गरेका उनी त्यसपछि साल्जबर्ग, साउथह्याम्प्टन हुंदै लिभरपुल पुगेका हुन् । हाल लिभरपुलमा आबद्ध उनले ५६ खेलमा २३ गोल आफ्नो नाममा लेखाइसकेका छन् । माने सन् २०१२ देखि सेनेगलको राष्ट्रिय टिममा आबद्ध छन् । यस क्रममा उनले राष्ट्रिय टिमबाट खेलेका ४९ म्याचमा १४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्